काठमाण्डु, ५ कात्तिक– गण्डकी प्रदेशको वन मन्त्रीमा लमजुङका भेषबहादुर पौडेल नियुक्त भएका छन । यसअघि स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले छोडेको यो मन्त्रालयमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई नियुक्त गरेका हुन ।
योसँगै गण्डकी सरकारले पूर्णता पाएको छ । पौडेल कांग्रेसभित्र संस्थापन इतर समूहका नेता हुन । पछिल्लो समय महामन्त्री गगन थापा निकट मानिएका उनलाई थापाकै जोडमा मन्त्री बनाइएको चर्चा छ । पौडेलको आजै शपथ हुनेछ ।
साढे ४ बजे शपथको तयारी भएको स्रोतले जानकारी दिएको छ । मनाङेले भौतिकबाट वनमा सारेपछि मन्त्री पदबाटै राजीनामा दिएका थिए । गण्डकीमा हाल ९ मन्त्रालय छ । कांग्रेसबाट ४, एमालेबाट ४ र नेपाल समाजवादीबाट एक जना मन्त्री बनेका छन् ।