काठमाण्डु, ५ कात्तिक– जिल्ला प्रहरी कार्यालय गुल्मीको टोलीले अवैध घरेलु मदिरा र मदिरा बनाउने कच्चा पदार्थ बरामद गरेर नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यलय गुल्मीले रेसुङ्गा नगरपालिकाका विभिन्न स्थानबाट घरेलु मदिरा बनाउन तयार गरिएको कच्चा पदार्थ ६ सय ५५ लिटर, तयारी मदिरा १ सय ६२ लिटर र ६ किलो मर्चा बरामद गरेर नष्ट गरेको प्रहरीले जानकारी दिएको छ ।
बरामद गरिएको मदिरा र कच्चापदार्थलाई सरोकारवालाको उपस्थितिमा रेसुङ्ग नगरपालिका–७ को डम्पिङ साइडमा व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राम कुमार केसीले जानकारी दिएका छन ।
मदिराले शारीरिक तथा मानसिक स्वास्थ्यमा हानि पुर्याउने र सामाजिक अपराधका घटना हुने भन्दै प्रहरीले अवैध घरेलु मदिरा नष्ट गर्ने अभियान चलाउँदै आएको छ ।