काठमाण्डु, ५ कात्तिक– काठमाण्डुको सितापाइलामा पार्किङ गरेको कारमा आगलागी भएको छ । बा प्र ०२ ०२९ च ५९५० नम्बरको विद्युतीय कारमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।
काठमाण्डु महानगरपालिका–१५ स्थित सितापाइलामा रहेको विश्वास स्पोर्टस् सर्भिस सेन्टरमा उक्त कार पार्किङमा राखिएको थियो । कारमा ब्याट्री सर्ट भएर धुवाँको मुस्लो निस्किएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरी, दमकल र स्थानीयको सहयोगमा उक्त धुवाँ नियन्त्रणमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ ।