काठमाण्डुबाट ओखलढुङ्गा जाँदै गरेको बस दोलखामा दुर्घटना

काठमाण्डु टुडे २०८१ असोज २३ गते ११:३२ मा प्रकाशित

काठमाण्डु, २३ असोज- काठमाण्डुबाट ओखलढुंगाको गाम्नाङटार जाँदै गरेको बस दोलखामा दुर्घटनामा परेको छ । आज बुधबार बिहान प्रदेश ३–०१ –००६ ख०६३६ नम्बरको बस दुर्घटना हुँदा १५ जना बढी घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

दोलखाको लामोसाँघु–जरी सडक खण्ड अन्तर्गत भीमेश्वर नगरपालिका–८ बोचमा उक्त बस दुर्घटनामा परेको प्रहरीले जानकनरी दिएको छ ।

केही घाइतेहरूको उद्धार गरेर चरिकोट लगिएको छ । दुर्घटनाबारे विस्तृत विवरण आइनसकेको दोलखा प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us