
एजेन्सी– इरानले इजरायलमाथि झण्डै दुई सय मिसाइल आक्रमण गरेको छ । धेरै मिसाइललाई इजरायलले आकाशमै निष्कृय पारे पनि केही मिसाइल भने इजरायली भूमिमा खसेका अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन ।
तर आक्रमणबाट इजरायलमा कति क्षति भयो भन्ने नखुलेको अन्ताराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । इरानको आक्रमण अहिले भने रोकिएको छ इजरायली सेनाका अधिकारीहरुले जानकारी दिएका छन ।
इजरायलको विदेश मन्त्रालयले ट्वीट गरेर मंगलबार राति इरानले १८१ ब्यालेस्टिक मिसाइल आक्रमण गरेको जनाएको छ । इजरायलका अनुसार यो आक्रमण वेष्टब्यांक क्षेत्रमा भएको एक आक्रमणबाट सडकमा हिँडिरहेका एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको छ । इजरायलले यसको भिडियो समेत सार्वजानिक गरीसकेको छ ।
इजरायलमा यसै वर्ष इरानले गरेको यो दोस्रो आक्रमण हो । गत अप्रिलमा भएको पहिलो आक्रमणभन्दा यो आक्रमण ठूलो हो । बीबीसीका अनुसार गत अप्रिलमा इरानले इजरायलमा ११० ब्यालेस्टिक मिसाइल र ३० क्रुज मिसाइलले आक्रमण गरेको थियो ।
इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी)ले जारी गरेको विज्ञप्ति अनुसार आफ्ना एक शीर्ष कमाण्डर मारिएको प्रतिरोध स्वरुप इजरायलमा आक्रमण गरिएको हो ।
इजरायलको आक्रमणबाट हालै हिजबुल्लाहका प्रमुख हसन नसरल्लाह र गत हप्ता लेबनानको बेरुतमा आईआरजीसीका कमाण्डर अब्बास निलफोरोसनको मृत्यु भएको थियो ।