काठमाण्डु, १० असोज– नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष रञ्जित तामाङले प्रचण्डसँगै विद्यार्थी आन्दोलन जान सके समाजवादको लक्ष्यमा पुग्न सकिने दाबी गरेका छन ।
आज (बिहिबार) अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मलेनको उद्घाटन बोल्दै तामाङले यस्तो बताएका हुन ।
उनले प्रचण्डलाई सबैले समर्थन गरेमात्र समाजवादको लक्ष्यमा पुग्न सकिने बताएका छन । उनले भ्रष्टाचार नियन्त्रण, सुशासन, सामाजिक न्याय, विश्वविद्यालय सुधार लगायत विषयमा प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै उनले ०८४ मा पहिलो पार्टी बनाउने सङ्कल्प लिएर घर फर्किन विद्यार्थीलाई आग्रह समेत गरेका छन ।
उनले भने,‘प्रचण्डको नेतृत्व र विद्यार्थी सँगसँगै अगाडि बढेमात्र हामी समाजवादमा पुग्न सक्छौँ । अहिले सम्पूर्णले उहाँलाई सहयोग र समर्थन गर्नुपर्छ ।’
यस्तै अखिल क्रान्तिकारी घरको बाघ नभई वनको बाघ भन्ने तथ्यलाई सिद्ध गर्न सम्मेलनले प्रमाणित गर्नुपर्ने उनले बताएका छन ।