कुबेतबाट आएर युवकद्वारा श्रीमती र बुबामाथि गोली प्रहार

काठमाण्डु टुडे २०८१ असोज १० गते ९:१४ मा प्रकाशित

सर्लाही, १० असोज– सर्लाहीको हरिपुर्वा नगरपालिका–५ मा श्रीमानले गोली हानेर श्रीमतीको हत्या गरेका छन् ।

२३ वर्षीया चित्रलेखा यादवको गोली हानी हत्या भएको हो । सर्लाही प्रहरीका डिएसपी दीपक श्रेष्ठले श्रीमतीमाथि गोली चलाउने युवाको नाम अहिले सार्वजनिक नगरिने बताए ।

घटनापछि फरार रहेका उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । श्रेष्ठका अनुसार ती युवकले बाबु ५४ वर्षीय रामदिनेश रायमाथि पनि गोली हानेका थिए । तर, उनी भने बाँच्न सफल भए ।

रायको हातमा गोली लागेको छ । उनको मंलगवास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

वैदेशिक रोजगारीका सिलसिलामा कुबेतमा रहेका मृतकका श्रीमान एक महिनाअघि घर आएको र त्यसयता पटकपटक उनीहरुबीच पारिवारिक झगडा हुने गरेको छिमेकीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

घर छाडेर हिंडेका ती युवक गएराति साथीको मोटरसाइकलमा आएर अन्धाधुन्ध गोली चलाएर भागेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us