दुर्गा प्रसाईंलाई थप ७ दिन हिरासतमा राख्नुपर्ने प्रहरीको माग

काठमाण्डु टुडे २०८१ असोज ९ गते १७:०४ मा प्रकाशित

काठमाण्डु,९ असोज– प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थप गर्न अदालतमा उपस्थित गराइएको छ ।

साइबर ब्युरोले उनलाई थप ७ दिन हिरासतमा राख्नु अनुमति समेत माग गरेको छ । गत ६ असोजमा प्रसाईंलाई प्रहरीले भक्तपुरको थिमी स्थित उनको घरबाट पक्राउ गरेको थियो ।

उनलाई ७ दिन हिरासतमा राख्न अनुमति मागेर अदालतमा पेस गरिएको साइबर ब्युरोका एक जना अधिकृतले जानकारी दिएका छन ।

प्रसाईंसँगै बागलुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाल विरुद्ध पक्राउ अनुमति जारी भएको छ ।

युट्युब मार्फत प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध एक जना महिला र अर्का एक नजा पुरुषको चरित्रहत्या गरेको आरोप रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us