काठमाण्डु,९ असोज– पूर्व मन्त्री एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले निर्मला कुर्मीलाई न्याय दिन पहल गर्ने बताएका छन् ।
आज (बुधबार) माइतीघरमा निर्मला कुर्मीको न्यायको माग गर्दै आन्दोलनरत रूवी खानलगायतलाई भेटेर गौतमले यस्तो बताएका हुन ।
गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर बादशाह कुर्मीमाथि थप अनुसन्धान गरेर कारबाही गर्न पहल गर्ने पनि बताएका छन ।
गौतमले भने, ‘सरकार यो विषयमा गम्भीर देखिएन प्रधानमन्त्री विदेशबाट फर्किएपछि म आफैँ गएर प्रधानमन्त्रीलाई भेट्छु र बादशाह कुर्मीमाथि थप अनुसन्धान गरेर कारबाही गर्न लगाउँछु ।’
निर्मला कुर्मीको न्यायको माग गर्दै रूवी खानलगायत ४८ दिनदेखि आन्दोलनरत रहेका छन ।