काठमाण्डु,९ असोज– प्रहरीले सुर्खेतबाट १ थान भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुर्खेको चौकुने गाउँपालिका–६ काफल गैरा बस्ने ६३ वर्षीय मान बहादुर बुढा रहेको प्रहरीले जानकारी दिएको छ ।
बुढालाई १ थान भरुवा बन्दुक सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । मानबहादुरको घरमा भरुवा बन्दुक रहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गुटुबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।
घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।