बागमतीमा बेपत्ता युवकको १९ घण्टापछि शव फेला

काठमाण्डु टुडे २०८१ असोज ८ गते ११:३८ मा प्रकाशित

काठमाण्डु, ८ असोज– रौतहटमा जितिया पर्व मनाउन साथीहरूसँग सोमवार बागमती नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका युवकको झन्डै १९ घण्टाको खोजीपछि आज बिहान शव भेटिएको छ ।

स्थानीय माधव नारायण नगरपालिका–८ रजावाडा गाउँ छेउ बागमती नदीमा डुबेर बेपत्ता भएका स्थानीय राजेन्द्र सहनीको छोरा वर्ष १८ को श्यामलाल सहनीको शव घटनास्थल बाट डेढ किलोमिटर दक्षिण गढो स्थित बागमती नदीमा संयुक्त टोलीले फेला पारेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईँले जानकारी दिएका छन ।

सोमबार बिहान साढे ११ बजे बागमती नदीमा नुहाउने क्रममा युवक डुबेको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण हेक्वा।

रौतहटसहित सुरक्षा बेश भलोहियाबाट १३ जना, इलाका प्रहरी कार्यालय रजवडा र स्थानीय बासिन्दाहरू सहितको टोलीले आज बिहान ६ बजे नदीबाट शव बाहिर निकालिएको उनले जानकारी दिएका छन ।

घटनास्थलको मुचुल्का पश्चात् मृतकको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल गौर रौतहटमा पठाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us