श्रीलंकाली पूर्वराष्ट्रपति राजापाक्षे काठमाण्डुमा

काठमाण्डु टुडे २०८१ असोज ७ गते १२:३८ मा प्रकाशित

काठमाण्डु, ७ असोज– श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे काठमाण्डुमा अवतरण गरेका छन् । उनी श्रीलंकन एयरलाइन्सबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन ।

उनी व्यक्तिगत रुपमा लुम्बिनी भ्रमणका लागि नेपाल आएको श्रीलकंन दूतावास स्रोतले जानकारी दिएको छ । उनले नवलपरासीको शास्वतधामस्थित बुद्धिस्ट सेन्टरको भ्रमण गर्ने कार्यक्रमसमेत रहेको बताइएको छ ।

भ्रमणको व्यवस्थापन नेपालस्थित श्रीलंकाली दूतावासले गरेको छ । श्रीलंकामा आज मात्र नयाँ राष्ट्रपति अनुरा कुमारा दिसानायकेले शपथ लिएका छन् । श्रीलंकामा भएको विशाल आन्दोलनपछि दुई वर्षअघि उनी देश छाडेर भाग्नु परेको थियो । पछि उनी पुनः श्रीलंका फर्केका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us