ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो दिए, मोदीले स्वीकार गरे

काठमाण्डु टुडे २०८१ असोज ७ गते ८:०० मा प्रकाशित

काठमाण्डु, ७ असोज– परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै नेपाल भ्रमण गर्ने बताएकी छन् ।

संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क पुगेकी उनले नेपाली सञ्चार माध्यमका प्रतिनिधिसँग कुरा गर्दै मोदी छिट्टै नेपाल आउने बताएकी हुन् ।

न्यूयोर्कमै रहेका प्रधानमन्त्री केपी ओली र उनका भारतीय समकक्षी मोदीबीच नेपाली समयअनुसार सोमबार बिहान द्विपक्षीय भेटवार्ता भएको थियो ।

न्यूयोर्कस्थित लोट्टे प्यालेस होटेलमा भएको भेटवार्तामा ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । राणाले ओली–मोदी भेटवार्ता सौहार्दपूर्ण भएको पनि बताइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us