
एजेन्सी– मलेसियाका राजा सुल्तान इब्राहिम चीनका राष्ट्रपति सी जिनफिङका अगाडि रोएका छन् ।
चारदिने भ्रमणका क्रममा बेइजिङमा रहेका राजा सुल्तानले शुक्रबार राष्ट्रपति सीसँग भेटेका थिए । भेटका क्रममा उनी भावुक भए । राजा सुल्तानले सीसँगको भेटमा आफू भावुक भएको भन्दै रुँदै गरेको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।
तस्बिरमा राजा सुल्तानले आँसु पुछ्दै गरेको देखिन्छ । भेटका क्रममा सुल्तानका छोरा मलेसियाका राजकुमार टुंकु अब्दुल जलीलबारे कुरा हुँदा उनी भावुक भएको बताइएको छ । राजकुमार टुंकु अब्दुलको १० वर्षअघि चीनमा कलेजो प्रत्यारोपण गरिएको थियो ।
आफ्नो छोराको उपचारका लागि चीनले लगाएको गुन सम्झेर राजा सुल्तान भावुक बनेको मन्त्री एन्गा कोरमिङलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।