रास्वपा सांसद पराजुलीको प्रश्नः एपीवान मा जीबीको लगानी छ‚ छानबिन कहाँ पुग्यो ?

काठमाण्डु टुडे २०८१ भदौ २६ गते १७:०९ मा प्रकाशित

काठमाण्डु, २६ भदौ– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले एपीवान टेलिभिजनमा जीवी राईको लगानीको भएको भन्दै सरकारले छानबिन कहाँ पुराएको छ भन्दै प्रश्न उठाएका छन ।

आज बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले गृहमन्त्रीसँग रमेश लेखकसँग जवाफको माग गरेका छन । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘एनपीवान टेलिभिजनमा जीवी राईको लगानी सरकारलाई छानबिनका लागि अनुरोध गरिएको थियो । यो प्रक्रिया कहाँ पुग्यो ।’

यस्तै उनले मितेरी बचत तथा ऋण सहकारी संस्थाको पीडितले बचत कहिले बचत फिर्ता कहिले हुन्छ भन्दै प्रश्न गरे । उनले मितेरीको छानबिन कहाँ पुग्यो भन्दै प्रश्न तेर्साएका हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us