आँबुखैरेनीमा बस दुर्घटना, ११ जना घाइते

काठमाण्डु टुडे २०८१ भदौ २६ गते १७:०३ मा प्रकाशित

काठमाण्डु, २६ भदौ– तनहुँमा बस दुर्घटनामा परेको छ । आबुखैरेनी गाउँपालिका–२ र ३ नम्बर वडा जोड्ने खहरे खोलामा बस दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

नयाँ र पुरानो दुई वटा पुलको बीचबाट बस तल खहरेमा खोल्सामा खसेको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग १ ख ९४०२ नम्बरको बस दुर्घटना भएको तनहुँका डीएसपी दीपककुमार रायले जानकारी दिएका छन ।

१५ जना सवार उक्त गाडीमा अहिलेसम्म ११ जना घाइते भएको विवरण प्राप्त भएको उनले जानकारी दिउका छन । घाइते मध्ये ९ जना सामान्य छन् भने २ को अवस्था मध्यम रहेको पनि प्रहरीले जनाएको छ । उद्धारको क्रम जारी नै रहेको विस्तृत विवरण आउन बाँकी नै रहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us