३७ वर्षीया महिलामाथि जबरजस्ती करणी गर्ने पक्राउ

काठमाण्डु टुडे २०८१ भदौ २३ गते १४:२५ मा प्रकाशित

काठमाण्डु, २३ भदौ– प्रहरीले ३७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङमा एक जना पक्राउ गरेको छ । शान्तिनगर गाउँपालिका–१ ज्यामिरे बस्ने ४६ वर्षीय दुर्गा बहादुर सार्कीलाई शनिबार दिउँसो पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।

सार्कीले ती महिलालाई सोही ठाउँस्थित मकैबारीमा भदौ १३ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us