काठमाण्डु, २३ भदौ– घरमाथिबाट आएको पहिरोले घर भत्काउँदा पुरिएका जाजरकोट बारेकोट गाउँपालिका–६, का वडा सदस्य प्रेमकुमारी चलाउने दम्पतीको शव निकालिएको छ । गएराति पहिरोले उनीहरूको घर पुरेको जिल्ला प्रहरी कार्यलय जाजरकोटले जानकारी दिएको छ ।
पुरिएका ३८ वर्षीय प्रेम कुमारी र उनका ४० वर्षीय श्रीमान् मानबहादुर चलाउनेको शव निकालिएको जाजरकोट प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयको सहयोगमा पहिरो पन्छाएर शव निकालिएको हो । धुमा गाउँ निवासी उनीहरूको एक छोरी घाइते भएकी छिन् ।
११ वर्षीय सम्झनालाई हेलिकप्टरमार्फत उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ल्याइएको पनि प्रहरीले जनाएको छ ।दम्पतीको शव पोस्टमार्टमका लागि लिम्सा प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको प्रहरीले जानकारी दिएको छ ।