सुन्दरीजलमा युवतीको हत्या, दुई जना पक्राउ

काठमाण्डु टुडे २०८१ भदौ २३ गते १३:१८ मा प्रकाशित

काठमाण्डु, २३ भदौ– प्रहरीले गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा महिलाको हत्या गरेको आरोपमा दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीका ४० वर्षीया रामविनय महरा र २४ वर्षीया सन्तोष राम महरा रहेको जिल्ला प्रहरी परिसर,काठमाण्डुका एसपी नवराज अधिकारीले जानकारी दिएका छन ।

सुन्दरीजलस्थित ढुंगाको चेपभित्र शंकास्पद अवस्थामा बिहीबार महिलाको शव फेला परेको थियो । उनी मजदुरी गरेर गुजारा चलाउँदै आएकी महिला रहेको प्रहरीले जनाएको छ ।

उनले भने, ‘सुरुमा नामसहितका विवरण नखुलेपनि प्राविधिक पक्ष र मानवीय सूचनाहरुको विश्लेषण गरेर अनुसन्धान गर्दै जाँदा संलग्न व्यक्तिहरु शनिबार बसुन्धारा क्षेत्रबाट पक्राउ परेका हुन्, ‘हाल उनी सिराहाकी राम दुलारी भएको भन्ने बुझिएको छ ।’

यद्यपि, हालसम्म उनको परिवार तथा आफन्त सम्पर्कमा आएका छैनन् । प्रारम्भिक जाँचका क्रममा हत्याको कारण प्रेम सम्बन्ध हुनसक्ने आशंका प्रहरीको छ । यसै सम्बन्धमा आवाश्य अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us