नेपालले बंगलादेशविरुद्ध गोल फर्कायो

काठमाण्डु टुडे २०८१ भदौ १२ गते १६:२२ मा प्रकाशित

काठमाण्डु, १२ भदौ– आज बुधबार भएको साफ यू–२० च्याम्पियनसिपको फाइनलमा नेपालले बंगलादेशविरुद्ध एक गोल फर्काएको छ । तर खेलमा सकिन केही मिनेट मात्र बाँकी छ र बंगलादेश दुई गोलले गरीसकेको छ। खेलको ८१ औं मिनेटमा समिर तामाङले गोल गरेका हुन् ।

यससँगै खेल ३–१ मा चलिरहेको छ । बंगलादेशले खेलको पहिलो हाफको इन्जुरी टाइममा पहिलो गोल गरेको थियो । बंगलादेशले खेलको ५४ र ७१ औं मिनेटमा गोल गर्न सफल भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us