आँबुखैरेनी बस दुर्घटनामा १८ जनाको शव निकालियो

काठमाण्डु टुडे २०८१ भदौ ७ गते १५:४६ मा प्रकाशित

काठमाण्डु, ७ भदौ– आज शुक्रबार बिहान तनहुँको आबुँखैरेनीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका १८ जनाको शव निकालिएको छ । ४१ यात्रुमध्ये अन्य घाइतेको उद्धार भइरहेको प्रहरीले जनाएको छ ।

पोखराबाट शुक्रबार बिहान काठमाण्डु आउँदै गरेको भारतीय नम्बर प्लेटको युपीएफटी ७६२३ नम्बरको बस ऐना पहरामा दुर्घटना हुँदा मर्स्याङ्दी नदीमा खस्न पुगेको थियो ।

बसका सबै यात्रु भारतीय नागरिक रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरू भदौ ५ गते गोरखपुरबाट पोखरा आएका थिए । उनीहरू पोखरास्थित होटेल स्पोर्टस‍्मा २ दिन बसेको होटेलका सञ्चालक काशी पाण्डेले जानकारी दिएका छन ।

उनीहरू काठमाण्डु फर्कने क्रममा दुर्घटनामा परेका हुन् । दुर्घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्धारमा खटिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us