काठमाण्डु, ६ भदौ– राष्ट्रियसभाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ पारित गरेको छ ।
राष्ट्रिय सभाको बिहीबारको बैठकले विधेयक सर्वसम्मतिले पारित गरेको हो ।
सरकारको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सभामा विधेयक प्रस्तुत गरेका थिए । मन्त्री चौरसियाको प्रस्तावलाई सभाले सर्वसम्मत रुपमा पारित गरेको राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयकले कानूनको रुप लिनेछ ।