काठमाण्डु, २२ असार- सरकारले नेपाल प्रहरीका चार अतिरिक्त महानिरीक्षक (एआइजी) सरुवा भएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख श्यामलाल ज्ञवालीलाई हटाएर प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ । दीपक थापालाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट सिआईबी पठाइएको छ । उपत्यकामा किरण बज्राचार्य र हालै बढुवा भएका रामदत्त जोशीलाई कार्य विभागमा सरुवा गरिएको एक मन्त्रीले जानकारी दिए ।