सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित २६ जनासँग बयान लिने संसदीय समितिको तयारी

काठमाण्डु टुडे २०८१ साउन २२ गते १७:२९ मा प्रकाशित

काठमाण्डु, २२ साउन– सहकारी ठगीसम्बन्धी छानबिन गर्न बनेको संसदीय विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा निवर्तमान उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसहित २६ जनासँग बयान लिने तयारी गरेको छ ।

आज मङ्गलबार समितिको कार्य प्रगति सुनाउँदै समिति सभापति सूर्य थापाले २६ जनासँग सोधपुछ गर्ने निर्णय भएको जानकारी दिएका छन । उनले भने, ‘सोधपुछका क्रममा सोध्ने प्रश्न तयार पारिएको छ ।’

सूचीमा रहेका २६ जनामध्ये केही विदेश छन् भने केही जेलमा रहेका छन । थापाले उनीहरू सबैको नाम सार्वजनिक गर्न चाहेनन् । तथ्यमा केन्द्रित रहेर सोधपुछ गरिने भन्दै थापाले तर मुख्य मानिस बाहिर हुँदा सत्य तथ्य पहिचानमा केही चुनौती हुने उनले बताए ।

सहकारी ठगी प्रकरणमा तत्कालीन गृहमन्त्री लामिछाने संलग्न रहेको भन्दै नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरेपछि उक्त समिति गठन भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us