बागलुङमा पहिरो परी मृत्यु हुनेको संख्या ८ पुग्यो

काठमाण्डु टुडे २०८१ साउन २२ गते १६:३४ मा प्रकाशित

काठमाण्डु, २२ साउन– बागलुङमा पहिरोमा परी ८ जनाको मृत्यु भएको छ । जिल्लाको बडिगाड गाउँपालिका ९ र १० नम्बर वडामा अविरल वर्षाका कारण आएको पहिरोमा परी ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बागलुङले जानकारी दिएको छ ।

बडिगाड गाउँपालिका १० स्थित दर्लिङको आरुपाटामा ६ जनाको मृत्यु भएको छ भने वडा नम्बर ९ को नयाँ बस्तीमा २ जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिएका छन ।

उनका अनुसार वडा नम्बर १० मा मृत्यु हुनेमा ७ वर्षकी मालती बुढा, सोही उमेरकी मधु बुढा, १२ वर्षका मनोज बुढा, सोही उमेरका अमन बुढा, सञ्जु विककी ६ महिनाकी छोरी र ५९ वर्षकी मैतीदेवी बिकको मृत्यु भएको उनले जानकारी दिएका छन ।

यस्तै गम्भीर घाइते हुनेमा संगीता बुढा, सुमित्रा बिक, सीता थापा र मङ्गलसिंह बुढा रहेका छन् । यस्तै ९ का १५ वर्षीय विधान परियार र २४ वर्षीय गङ्गा बस्नेतको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us