एमाले कार्यालय फेरि डुबान

काठमाण्डु टुडे २०८१ साउन २२ गते १३:३१ मा प्रकाशित

काठमाण्डु, २२ साउन– गए रातिदेखि परेको वर्षाका कारण ललितपुर च्यासलस्थित एमालेको पार्टी कार्यालय फेरि डुबानमा परेको छ । एमाले कार्यालयसँगै नजिकै रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटबल मैदान र केही घरहरु पनि डुवानमा परेको छ ।

मनोहरा खोलामा आएको बाढीका कारण करिडोरको सडक पनि डुवानमा परेर यातायात आवतजावत बन्द भएको छ । यसवर्ष एमाले कार्यालयमा बाढी पसेको यो तेस्रो पटक हो ।

पछिल्लो पटक एक हप्ताअघि डुवानमा परेको थियो । मनोहरा खोलामा पानीको सतह बढेर एमाले कार्यालय नजिकै पक्की पुलसम्म आइपुगेको छ । पक्कीपुलले पानीको प्रवाह रोकिएका कारण सडक र नजिकका घरबस्तीहरु डुबानमा परेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us