काठमाण्डु, २२ साउन– आज मङ्गलवार बिहानदेखि परेको अविरल वर्षाको कारण काठमाण्डु उपत्यकाका विभिन्न स्थान डुबानमा परेका छन् ।
उचित ढलको निकास नभएको कारण सडकहरू पनि डुबानमा परेका हुन । यस्तै भृकुटीमण्डप क्षेत्रमा रहेको नेपाल पर्यटन बोर्डको कार्यालय पनि पूर्णरुपमा डुबानमा परेको छ ।
यसअघि सो क्षेत्रमा रहेको राष्ट्रिय सभा गृह र काठमाण्डु महानगरपालिकाको कार्यालय डुबानमा परेका थिए ।