पङ्खा बनाउने क्रममा करेन्ट लागेर मृत्यु

काठमाण्डु टुडे २०८१ साउन १५ गते १२:५० मा प्रकाशित

काठमाण्डु, १५ साउन– कपिलवस्तुमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका–९ जुमिला बस्ने ३५ वर्षीय रामधनी यादवको करेन्ट लागेर सोमबार राति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

आफ्नै घरमा पङ्खा बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको शिवराज अस्पताल बहादुरगंजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us