साना पार्टी होइन, जनता रिसाउँछन् भन्न सक्नुपर्छ: महासचिव पोखरेल

काठमाण्डु टुडे २०८१ साउन १५ गते ११:१५ मा प्रकाशित

काठमाण्डु, १४ साउन– एमालेका महासचिव शंकर पोखरेलले तीन प्रतिशत भोट पाउँदा राष्ट्रिय पार्टी हुने तर १० प्रतिशत भोट ल्याउन नसक्ने उम्मेदवारको जमानत जफत हुने निर्वाचन कानुन नमिल्दो भएको दाबी गरेका छन ।

लोकतन्त्र बलियो बनाउने हो भने यस्ता नमिल्दा कानुन संशोधन हुनुपर्ने उनले बताएका छन । आज गृह जिल्ला दाङमा आयोजित पत्रकार भेटघाटमा महासचिव पोखरेलले यस्तो बताएका हुन ।

उनले भने, ‘डेढ प्रतिशत भोट ल्यायो भने प्रादेशिक पार्टी हुन्छ, तीन प्रतिशत भोट ल्यायो भने राष्ट्रिय पार्टी भइहाल्छ । तर हाम्रै निर्वाचन कानुनले के भन्छ भने व्यक्तिका हकमा १० प्रतिशत भोट ल्याएन भने जमानत जफत हुन्छ ।

मिलेको छ त ?, ‘त्यही चिज सुधार्न खोज्दाखेरि चाहिँ साना पार्टी रिसाउँछन् भन्ने कुरा हुन सक्दछ रु लोकतन्त्रलाई सही बाटोमा लैजाने हो भने त जनता रिसाउँछन् भन्न सक्नुपथ्र्यो नि ।’

उनले यस्ता नमिल्दा विषय मिलाउन र लोकतन्त्र बलियो बनाउन कांग्रेस–एमालेबीच गठबन्धन भएको बताएका छन । लोकतन्त्रको स्थायित्वमा दलहरु जिम्मेवार हुनुपर्ने बताउँदै उनले भने, ‘दलहरु बलिया हुनुपर्दछ, तबमात्र लोकतन्त्र बलियो हुनसक्दछ भन्ने मान्यतालाई स्थापित गर्नलाई नै प्रमुख दुई दलहरु मिलेका छन् भन्ने कुरालाई बुझ्नुपर्दछ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us