काठमाण्डु, १५ साउन– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज विश्वास मत लिँदैछन् ।
मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि अपराह्न ३ बजे प्रदेशसभा बैठक बोलाइएको छ । लामा एमाले समर्थनमा ९ साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
संविधानको धारा १६८ को उपधारा (४) अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।
१ सय १० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५६ सांसदको समर्थन चाहिन्छ । प्रदेश सभामा कांग्रेसका ३७ र एमालेका २१ सांसद भएकाले मुख्यमन्त्रीले सहजै विश्वासको मत पाउने छन् ।