आमाछोरा मिलेर छिमेकीको कुटपिट गरी हत्या

काठमाण्डु टुडे २०८१ साउन १५ गते ९:०६ मा प्रकाशित

धनुषा, १५ साउन– धनुषाधाम नगरपालिका–२ मंगलपुरमा एक जनाको कुटपिट गरी हत्या भएको छ ।

स्थानीय ४५ वर्षीय भोगेन्द्र ठाकुरको हत्या भएको प्रहरीले जनाएको छ । ठाकुर पत्नी ३५ वर्षीया श्यामु ठाकुर घाइते भएकी छन् ।

स्थानीय ४५ वर्षीया सुरजी मुखिया र उनका छोरा २१ वर्षीय नागेश्वरले ठकुरमाथि उनकै घरमा आएर निर्घात कुटपिट गरेका थिए ।

कुटपिटबाट गम्भीर घाइते ठाकुरको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको धनुषा प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । अवाका अनुसार कुटपिटमा संलग्न आमाछोरा पक्राउ परेका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us