निर्वाचन आयुक्तमा कृष्णमान प्रधानको नाम संसदीय सुनुवाइबाट अस्वीकृत

काठमाण्डु टुडे २०८१ साउन १४ गते १८:१४ मा प्रकाशित

काठमाण्डु, १४ साउन– निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको नाम सदीय सुनुवाइ समितिले अस्वीकृत गर्ने निर्णय गरेको छ । आज सोमबार बसेको बैठकले प्रधानको नाम अस्वीकार गरेको एक सदस्यिले जानकारी दिएका छन ।

सोमबार सुनुवाइ समितिको बैठक बस्नुअघि नै प्रधानले निर्वाचन आयुक्तबाट नाम फिर्ता लिएको भन्दै समितिमा निवेदन दिएका थिए । समितिले सोही निवेदनलाई आधार बनाएर अस्वीकृत गर्ने निर्णय गरेको हो ।

प्रस्तावित व्यक्ति स्वयंबाट नै निर्वाचन आयुक्तको पदमा नियुक्तिको लागि अफ्नो उम्मेदवारी कायम राख्न नचाहेको भन्दै समितिले उनको नाम अस्वीकृत गर्ने निर्णय गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us