काठमाण्डु, १४ साउन– ताप्लेजुङमा एक जना मृत अवस्थामा फेला परेका छन । ताप्लेजुङको सिदिङवा गाउँपालिका–७ बस्ने ४५ वर्षीय सिताराम तामाङ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङले जानकारी दिएको छ ।
तामाङ सोही ठाउँस्थित छाँगे खोलाको किनारमा आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।