काठमाण्डु, १४ साउन– आइतबारदेखिको अविरल वर्षाका कारण गएको पहिरोको कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।
आइतबारदेखिको अविरल वर्षाका कारण राजमार्ग अन्तर्गत दैलेखको आठबिस नगरपालिका–१, असाराघाट नजिक पहिरो गएको प्रहरीले जानकारी दिएको छ ।
माथिबाट आएको पहिरोले पूर्ण रूपमा सडक अवरुद्ध गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । राजमार्ग पूर्ण रूपमा अवरोध भएकोले राजमार्ग खुलाउने पहल भइरहेको पनि प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध भएसँगै सुर्खेतबाट माथिल्लो कर्णाली र माथिल्लो कर्णालीबाट सुर्खेततर्फ आउँदै गरेका सवारी साधनहरू बिच बाटोमा अलपत्र रहेका छन ।