अन्तशुल्क अनियमितता प्रकरणः निलम्बित मुख्यसचिव अर्याल ५० हजार धरौटिमा रिहा

काठमाण्डु टुडे २०८१ साउन १३ गते १९:०५ मा प्रकाशित

काठमाण्डु, १४ साउन–विशेष अदालतले निलम्बित मुख्यसचिव बैकुण्ठ अर्यालसँग ५० हजार रुपैयाँ धरौटी मागेको छ ।

अन्तःशुल्क स्टिकर खरिद अनियमिततामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्यालसहित १२ जनाविरुद्ध ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँ बिगो तथा जरिवाना र ८ देखि १० वर्षसम्म कैद सजायको मागसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेषमा मुद्दा दायर गरेको थियो ।

त्यससँगै अर्याल निलम्बनमा परेका थिए । आइतबार उपस्थित भएका अर्याललाई विशेषले ५० हजार धरौटीमा छाडेको हो । विशेषका सह–प्रवक्ता यज्ञराज रेग्मीले जानकारी दिए।

अर्याललाई न्यायाधीशहरु टेकनारायण कुँवर, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ५० हजार धरौटीमा छोडेको जानकारी दिए ।

अर्याल सञ्चार सचिव भएका बेला सुरक्षण मुद्रण विकास समिति अध्यक्षका हैसियतले अन्तशुल्क स्टिकर छपाईसम्बन्धी अनियमिततामा मुछिएको आरोप अख्तियारको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us