ओलीले शंकर च्यापे विद्याले विष्णु !

काठमाण्डु टुडे २०८१ साउन १३ गते १६:१२ मा प्रकाशित

काठमाण्डु, १३ साउन– चितवनको सौराहामा भएको १० औँ महाधिवेश पछि पार्टीमा कुनै पनि गुट नभएको धोषणा गरेको एमालेमा झन्डै तिन बर्ष पुग्दा नपुग्दै गुटको खेती मैलाएको छ । झन्डै एक बर्ष अधि भएको एमालेको प्रदेश अधिवेशनमा सतहमा प्रष्ट रुपमा देखा परेको गुटबन्दी अहिले लुम्बिनी प्रदेशको मुख्यमन्त्री चयनको प्रक्रियाले छताछुल्ल पारीदिएको हो ।

एमालेमा अध्यक्ष केपी शर्मा ओली विकल्प खोज्ने तहसम्म कुनै पनि नेता कार्यकर्ता खुलेर देखिएका छैनन्, तर अध्यक्ष ओली पछि पार्टीको नेतृत्व कसले गर्ने भन्नेमा दोस्रो तहका नेताहरुबीच लडाइ सुरु भएको छ । एमाले पार्टी उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र वरिष्ठ उपाध्यक्ष इश्वर पोखेले नेतृत्वको लागि लभिङमा रहेको बुझिएको छ ।

एमालेमा पटिल्लो समय पार्टी उपाध्यक्ष पौडेल र महासचिव पोखरेलबीच नेतृत्व गर्नको लागि लडाइ सुरु भएको छ । पार्टी उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले तल्लो तहसम्मै गुटबन्दी गर्दा त्यसको असर पार्टी केन्द्र सम्म आइपुगेको छ ।

लुम्बिनीको मुख्यमन्त्री चयनमा पार्टीले संसदीय विधि पद्धति मान्यता भन्दा बाहिर गएर गुटबन्दीको आधारमा संसदीय दलको नेता हुँदाहुँदै संसदीय दलको उपनेतालाई मुख्यमन्त्री बनाएपछि एमालेभित्र उपाध्यक्ष विष्णु पौडेल महासचिव शंकर पोखरेल एक आर्कालाई रोक्ने प्रयासमा उत्रिएका छन् ।

एमाले उपाध्यक्ष विष्णु पौडेल निकट रहेका संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बन्न तयारी अवस्थामा रहेका बेला एमाले महासचिव शंकर पोखरेलले आफु निकट चेतनारायण आचार्य मुख्यमन्त्री बनाउन लुम्बिनी प्रदेश कमिटीलाई निर्देश दिएपछि एमाले भित्र स्पष्ट रुपमा गुटको विवाद सुरु भएको हो ।

लिला गिरी लामोसमय सम्म महासचिव शंकर पोखरेल सँग निकट भएर काम गरेका नेता हुन । तर प्रदेश अधिवेशन देखी पार्टी भित्रको आन्तरीक गुटबन्दी मैलाउदै जदाँ लिला गिरी उपाध्यक्ष विष्णु पौडेल निकट हुन पुगे । उपाध्यक्ष र महासचिव दुवैको गृह प्रदेश लुम्बिनी रहेकाले गत बर्षको प्रदेश अधिवेशन उनीहरुले प्रतिष्ठाको लडाइको रुपमा रहेका थिए ।

लुम्बिनी प्रदेको सह–इन्चार्ज रहेका गिरीको बलमा उपाध्यक्ष पौडेल निकट राधाकृष्ण कँडेल विजयी भए । त्यसको वदाला महासचिव पोखरेलले अहिले गिरीसँग लिएका हुन । लिला गिरीलाई मुख्यमन्त्रीको रिङ आउट गरेर चेतनारायण आर्चायलाई मुख्यमन्त्री बनाउँदा एमाले भित्र उपाध्यक्ष पौडले र महासचिव पोखरेलबीचको गुटको लडाइ फेरी एक पटक सतहमा देखएको हो ।

एमाले भित्र उपाध्यक्ष र महासचिवबीच देखीएको गुटबन्दीलाई पूर्व उपाध्यक्ष एवं पूर्व राष्ट्रपति विद्या भण्डारीको सक्रियताको कारण भएको हो । पार्टीको सक्रिय राजनीतिमा आउन पूर्व उपाध्यक्ष भण्डारीले उपाध्यक्ष पौडेलसँग मिलेर नयाँ गुट सिर्जना गर्ने खोजेको एमाले बृतमा चर्चा हुने गरेको छ ।

यता ओलीले पनि आफु कमजोर र नेतृवमा बस्नका लगिनै महासचिव पोखरेललाई च्यापेको एमाले बृतमा चर्चा छ । पछिल्लो समय ओलीको रोजाइमा शंकर छन भने छाँयामा पर्दै गएका छन विष्णु । यहि कुरालाई नजिक बाट राम्रैसँग हेरीरहेकी विद्याले पौडेललाई च्यापरे आफु सक्रिय राजनीतिमा फर्कने तानाबाना बनाइरहेकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us