डीआइजी मनोज केसीको सरुवालाई लिएर रास्वपाले उठायो प्रश्न

काठमाण्डु टुडे २०८१ साउन १३ गते १४:३५ मा प्रकाशित

काठमाण्डु, १३ साउन– रास्वपाले प्रहरी नायव महानिरीक्षक (डीआइजी) मनोज केसीको सरुवाका सम्बन्धमा प्रश्न गरेको छ । आज आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्म्कि समयमा लिएर बोल्दै रास्वपाका सांसद हरि ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिएको दुई दिनभित्रै केसीको सरुवा किन गरियो भनेर प्रश्न गरेको हुन ।

उनले भने, ‘डिआइजी मनोज केसीलाई कसरी सरुवा गरियो रु विश्वासको मत लिएको दुई दिन भित्रमा सरुवा गरियो । किन रु के का लागि रु के उदेश्यका लागि ?’ सांसद ढकालले प्रश्न गरेका हुन ।

गत बुधबार गृहमन्त्री स्तरीय निर्णयबाट नेपाल प्रहरीको विशेष ब्यूरोका प्रमुख डीआईजी केसीलाई जिम्मेवारीबाट हटाएको थियो । केसीलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा पठाइएको छ भने प्रतिष्ठानमा रहेका डिआइजी राजन अधिकारीलाई ब्यूरोमा पठाइएको छ ।

केसीको दुई महिना नबित्दै सरुवा भएको हो । केसीको गत जेठ १६ गते ब्यूरोमा सरुवा भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us