भक्तपुरमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाण्डु टुडे २०८१ साउन १३ गते १३:०५ मा प्रकाशित

काठमाण्डु, १३ साउन– भक्तपुरमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मृतक काभ्रेको मण्डनदेउपुर नगरपालिका–१ का सुवास तामाङ रहेको प्रहरीले जानकारी दिएको छ ।

भक्तपुरको मध्यपुर थिमी नगरपालिका–४ स्थित नयाँ थिमीमा बागमती प्रदेश ४ ख २९०१ नम्बरको टिप्परको ठक्करबाट घाइते भएका सुवास तामाङको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका इन्स्पेक्टर टेकेन्द्र पौडेलले जानकारी दिएका छन । आइतबार बिहान १ बजेर २० मिनेटमा काठमाण्डुबाट भक्तपुर जाँदै गरेको बा.४ ख २९०१ नम्बरको मोटरसाइकललाई टिप्परले ठक्कर दिएको हो ।

भक्तपुर तर्फ जाँदै गरेको टिप्परले ठक्कर दिएपछि गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा मध्यपुर थिमी अस्पतालमा मृत्यु भएको इन्स्पेक्टर पौडेलले जानकारी दिएका छन ।

मोटरसाइकल पछाडि सवार काभ्रेको महाकाल गाउँपालिका घर भएका सञ्जीव थापा मगरको उपचार भईरहेको पनि प्रहरीले जानकारी दिएको छ । टिप्पर चालक २८ वर्षीय राज कुमार राईलाई प्रहरीले पक्राउ गरेको छ । राई काभ्रेको मण्डन देउपुर गाउँपालिका–६ मा बस्छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us