प्रधानमन्त्री ओलीसँग सचिवहरूको ब्रिफिङ

काठमाण्डु टुडे २०८१ साउन १३ गते १२:३१ मा प्रकाशित

काठमाण्डु, १३ साउन– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग विभिन्न मन्त्रालयका सचिवहरूले ब्रिफिङ सुरु गरेका छन् ।

आज (आइतबार) सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओली र सचिवहरूबिच छलफल जारी छ ।

बैठकमा उपप्रधानमन्त्री, मन्त्री, प्रधानमन्त्रीमा मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव र सचिवहरू सहभागी रहेको स्रोतले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us