काठमाण्डु, १३ साउन– राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट निलम्बित भएका मुकुल ढकालले आफूमाथि भएको कारबाही अवैधाननिक भन्दै निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन ।
रास्वपाले ढकाललाई पार्टी केन्द्रीय समितिको बैठकले २५ असारमा पदबाट निलम्बन गरेको थियो । उक्त निर्णय वैधानिक नभएको दाबी गर्दै ढकालले आइतबार निर्वाचन आयोगमा निवेदन दर्ता गराएका हुन ।
पदीय भूमिकाबाट मुक्त गरेको पार्टीले आफूलाई औपचारिक पत्र हालसम्म नदिएको निवदेनमा उल्ल्लेख गरीएको छ । राजनीतिक दल सम्बन्धीको ऐनको दफा १८ (२), रास्वपाको विधानको व्यवस्था, संविधानको धारा २६९ (४), राजनीतिक दलसम्बन्धी ऐन अनुसार आफूमाथिको कारबाही अवैधानिक भएको ढकालले दाबी गरेका छन् ।