गोरखामा पहिरोले पुरिँदा पाँच जना बेपत्ता

काठमाण्डु टुडे २०८१ साउन १३ गते ९:२६ मा प्रकाशित

गोरखा, १४ साउन– गोरखाको धार्चे गाउँपालिका–५ रेसामा पहिरोले घर पुरिँदा ५ जना बेपत्ता भएका छन् ।

जितबहादुर गुरूङको घर र नजिकै रहेको कृषि फार्म पहिरोले पुरिँदा ५ जना बेपत्ता भएका गोरखा प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी डिएसपी रमेशकुमार श्रेष्ठले उद्धारका लागि घटनास्थलमा प्रहरी पठाइएको बताए ।

प्रहरी टोली पुगेपछि घटनाबारे विस्तृत विवरण आउने उनले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us