काठमाण्डु, ११ साउन– नेकपा एमाले भित्र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली सर्वेसर्वा छन । एमाले अध्यक्षको हैसियतमा रहेका ओली अधिकांश निर्णय आफुले नै गर्ने गरेका छन भने ओलीले गरेका त्यस्ता निर्णयहरु नेता कार्यकर्ताहरुले खुरुखुरु मान्ने गरेका छन । सरकार बनाउने तथा मन्त्रीको छनेट गर्ने सम्मको काम अध्यक्ष ओली आफैले गर्ने गरेका छन ।
ओलीलाई रिजाउन सकेमा पद पप्त गर्न सकिने बुझेका एमाले नेताहरुले उनको निर्णयलाई सर्वेसर्वा मान्ने र ओलीलाई रुजाउन व्यस्त छन । अध्यक्ष ओलीसँग विमति जनाएक कारण डा. भिम रावललाई एमालले कुनै पनि जिम्मेवमरी दिएको छैन भने । एमाले विभाजनको समयमा अध्यक्ष ओलीको कडा आलोचना गरेकै कारण १० भाईले जिम्मेवमरी पाउन सकेका छनैन् ।
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको आलोचना र विरोध गरेकै कारण उनीहरु अहिले अध्यक्ष ओलीको पोलानमा छन । यँहि पेरीफेरी लाई बुझेर पनि एमालेका दोस्रो तहका नेताले अध्यक्ष ओलीको विरोध गर्ने आँट गर्न सकेका छैनन् । यद्यपि नेतृत्व गर्ने आस सबै नेता कार्यकर्तामा हुनु सामान्य कुरा हो ।
पछिल्लो अध्यक्ष ओलीलाई निष्क्रिय बनाएर पार्टीका केहि नेताहरु लागिपरेका छन । अब २० बर्ष पार्टी नेतृत्वमा आफुनै रहेने घोषणा गरेका ओलीले अबको २० बर्ष नेतृत्वमा आँखा नलगाउन नेता कार्यकर्तालाई आग्रह समेत गरेका छन । एमाले उपाध्यक्ष विष्णु पौडेल, वरिष्ठ उपाध्यक्ष इश्र्वर पोखरेल र एमाले महासचिव शंकर पोखरेल नेतृत्व गर्ने मोडमा छन ।
एमाले उपाध्यक्ष पौडेल आगामी दुई बर्षपछि हुने एमालेको ११ औँ महाधिवेशना अध्यक्षमा ओली सँग भिड्ने मोडमा छन । यद्यपि अध्यक्ष ओलले नेतृत्व नछाड्ने बुझेका उनले पनि पार्टी भित्र एक खालको लबिङ सुरु गरेका छन । यस्तै एमाले महासचिव शंकर पोखरेल पनि नेतृत्वको लागि ओली सँग भिड्न तयार देखीएका छन ।
एमालेको नेतृत्व गरे आफु र आफ्नो गुट बलियो हुने र आफै अनुकुल पार्टी चलाउन सकिने भएकाले पनि उनी नेतृत्वको लागि तानाबाना बुनिरहेका छन । यस्तै एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल पनि एमालेको नेतृत्व गर्न लागि परेका छन । मन्त्री देखी जिम्मेवारी सम्म अध्यक्ष ओलीले एकलैटी गरीरहेका छन ।
यसलाई राम्रैसँ बुझेका पोखरेले पनि आफु नेतृत्वमा गय त्यसै अनुसार पार्टीमा कब्जा गर्न सकिने उनको बुझाइ छ । यसका लागि पनि उनी सक्रिय भएर लागि परेका छन भने केपी ओलीलाई रोक्न पार्टी पङ्तीलाई लविङ गरिरहेका छन । यसैका बीच पूर्व राष्ट्रपति एवं एमाले पूर्व उपाध्यक्ष विद्या भण्डारी एमाले राजनीतिमा सक्रिय भएकी छन । विद्यामा पनि पार्टीको नेतृत्व गर्ने हुटहुटि छ ।
त्यसकै पछिल्लो उदाहरण उनको एमालेको आन्तरिक राजनीतिक गतिविधिमा सक्रिय भएर सहभागी हुँदै आएकी छन । उनीपनि एमालेको नेतृत्वको लागि दाउमा छिन् । यस बाहेक पनि एमालेमा नेतृत्वको लागी थुप्रै नेता हरुले आकांक्ष देखाएका छन ।