काठमाण्डु, ११ साउन– नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक जारी छ । नेकपा माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा केहि बेरअधि बैठक सुरु भएको सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिएका छन ।
सरकारबाट हटेपछि पहिलोपटक बस्न लागेको बैठकमा पछिल्लो राजनीतिक अवस्था, आगामी योजना, पार्टी निर्माण लगायत विषयमा छलफल हुने उपाध्यायले जानकारी दिएका छन ।
साथै स्थायी समिति बैठक र केन्द्रीय समितिको बैठक बोलाउनेबारे छलफल हुनेछ बताइएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको अबको ध्यान सरकारमा भन्दा पनि सङ्गठन निर्माणमा केन्द्रित रहने बताएका छन् ।
झन्डै १० वर्षपछि प्रमुख प्रतिपक्षमा पुगेको माओवादीले विगतको गम्भीर समीक्षा गर्दै पार्टी निर्माणमा क्रियाशील हुने गरी योजना बनाउने नेताहरूले जानकारी दिएका छन ।