नक्कली नोटसहित २ जना पक्राउ

काठमाण्डु टुडे २०८१ साउन ११ गते १३:०३ मा प्रकाशित

काठमाण्डु, ११ साउन– प्रहरीले रौतहटबाट नक्कली नोटसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका–८ का ३२ वर्षीय नजरे आलम र सोही ठाउँका २४ वर्षीय इमामुल हक दर्जी रहेको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरबाट खटिएको टोलीले बिहीबार राति पौने १० बजेतिर दुई जनालाई पक्राउ गरीएको पनि प्रहरीले जानकारी दिएको छ ।

उनीहरुबाट १ हजारका १३ थान नक्कली नोट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी एलिजा गिरीले जानकारी दिएकी छन ।

चन्द्रपुर नगरपालिका–१० बालचनपुरस्थित राकुमार महतोले सञ्चालन गरेको महावीर आयल स्टोर्स पेट्रोल पम्प अगाडिबाट बागमती प्रदेश ०२–०२१ प ६३६८ नम्बरको मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us