टीआरसी विधेयक: सरोकारवालाहरूसँग छलफल गर्ने कार्यदलको निर्णय

काठमाण्डु टुडे २०८१ साउन ११ गते १२:५६ मा प्रकाशित

काठमाण्डु, ११ साउन– संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन गठित कार्यदलले निर्णय गर्नुअघि सरोकारवालाहरूसँग छलफल गर्ने निर्णय गरेको छ ।

आज शुक्रबार सिंहदबार स्थित गृहमन्त्रालमा बसेको बैठकमा कांग्रेस, एमाले र माओवादीका एकएक नेता रहेको कार्यदलको शुक्रबार बसेको बैठकमा सोमबार कानुनमन्त्री र सचिव, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव लगायतका सरोकारवालाहरूसँग छलफल गर्ने निर्णय गरेको स्रोतले जानजकारी दिएको छ ।

बैठक पछि सत्ता गठबन्धनका मुख्य सचेतक महेश बर्तौलाले भने , ‘त्यसपछि अन्तिम बैठक बसेर हामी शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाउँछौं, ‘संसद्को यही अधिवेशनमा विधेयक पेश गर्ने गरी अगाडि बढाउँछौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us