काठमाण्डु, ११ साउन– ललितपुर महानगरपालिका–७ ग्वार्कोमा एक गेस्ट हाउसमा अचेतावस्थामा फेला परेकी युवतीको उपचारका क्रममा मृत्यु भएको छ ।
ग्वार्कोस्थित सनलाइट गेष्ट हाउसमा उनी शुक्रबार बिहान अचेत अवस्थामा फेला परेकी प्रहरीले जानकारी दिएको छ । उनी गोदावरी नगरपालिका ८ डुकुछाप घर भई हाल सातदोबाटो बस्दै आएका एक युवकसँग बुधबार गेस्ट हाउसमा आएकी ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिएका छन ।
बिहानको समयमा युवती बेहोस भएपछि उपचारका लागि बी एण्ड बी अस्पतालमा लगिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको एसपी सुवेदीले जानकारी दिएका छन ।
युवतीसँगै रहेका युवकको पनि श्वास प्रश्वासमा समस्या आएको बताएपछि प्रहरीको निगरानीमा बी एन्ड बी अस्पतालमै उपचार भइरहेको छ प्रहरीले जानकारी दिएको छ । एसपी सुवेदीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन ।