राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त

काठमाण्डु टुडे २०८१ साउन १० गते १७:१६ मा प्रकाशित

काठमाण्डु, १० साउन– आज बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन । त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्र विभाग प्रमुख रहेका अधिकारी यसअघि पनि योजना आयोगको सदस्य थिए।

बिहीबारको मन्त्रिपरिषद बैठकले योजना आयोगमा सातै जना नयाँ सदस्य पनि नियुक्त गरेको ती मन्त्रीले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us