कर्णालीमा विशेष अभियान चलाउने रास्वपाको निर्णय

काठमाण्डु टुडे २०८१ साउन १० गते १६:५४ मा प्रकाशित

काठमाण्डु, १० साउन– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले कर्णाली प्रदेशमा विशेष अभियान चलाउने निर्णय गरेको छ । आज बिहीबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले अभियान विभागका प्रमुख विपिन आचार्यको नेतृत्वमा अभियान चलाउने निर्णय एक नेताले जानकारी दिएका छन ।

यस्तै आगामी भदौ दोस्रो साताबाट अभियान चलाउने तयारी रहेको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन । बैठकले पार्टीको विधान परिमार्जनका लागि कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीको नेतृत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको छ ।

कार्यदललाई ९० दिनको समय दिइएको झाले जानकारी दिएका छन । समसामयिक राजनीति, कार्यशैली लगायतका विषयमा समीक्षा गर्न क्लोज क्याम्प गर्ने रास्वपाको निर्णय छ भने अरनिको पाँडेलाई फेरि केन्द्रीय सदस्य मनोनित गरेको छ ।

यसअघि राष्ट्रिय योजना आयोगको सदस्य भएपछि पाँडेले रास्वपा छाडेका थिए । योजना आयोगबाट राजीनामा दिएपछि पुनस् पार्टीमा सक्रिय भएका हुन् ।

बैठकले पार्टीको सम्बन्धमा सार्वजनिक बहसमा आएका विषयमा अध्ययन अनुसन्धानका लागि केन्द्रीय अनुशासन आयोगलाई अनुरोध गर्ने निर्णय गरेको कार्यबाहक प्रवक्ता झाले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us