स्वयम्भुमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाण्डु टुडे २०८१ साउन ९ गते १७:४७ मा प्रकाशित

काठमाण्डु, ९ साउन– काठमाण्डुको स्वयम्भुमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मनाङ घर भएर स्वयम्भु बस्ने ७६ वर्षीया छिमी दोर्जे गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ ।

काठमाण्डु महानगरपालिका–१५ स्थित स्वयम्भुमा मंगलबार दिउँसो मुस्ताङ गुम्बा नजिक बा.२ ख ५३२४ नम्बरको बसले गुरुङलाई ठक्कर दिएर भागेको जिल्ला प्रहरी कार्यलय काठमाण्डुले जानकारी दिएको छ । फरार बसको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us