भक्तपुरमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाण्डु टुडे २०८१ साउन ९ गते १५:४० मा प्रकाशित

काठमाण्डु, ९ साउन– भक्तपुरमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृतकको सनाखत गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीले जानकारी दिएका छन ।

८ साउनमा भक्तपुर नगरपालिका–६ डेकोचामा कमलबिनायकतर्फ जाँदै गरेको बामगति प्रदेश–३ ख ५०८० नम्बरको बसले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

उपचारको क्रममा भक्तपुर अस्पतालमा पैदल यात्रीको मृत्यु भएको डीएसपी कार्कीले जानकारी दिएका छन । बस चालक हेटौंडा उपमहानगरपालिका–१० घर भएका ४५ वर्षीय अहमद हुसेनलाई पक्राउ गरेर घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us